प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा



प्युठान,माघ २ । प्युठान स्वर्गद्वारी  नगरपालिका -५ सारीका अशोक भण्डारी यतिबेला चर्चामा छन  ।

६ वर्षको यति  सानो उमेर मै  सजिलै ट्याक्टर चलाएर उनी चर्चामा आएका  हुन । पहाडको कच्ची बाटोमा समेत उनले सजिलै गाडी चलाएको देखेर सबै दङ्ग पर्छन । अशोकका बाबुको आफ्नै ट्याक्टर छ। स्थानिय दर्पण बिद्यासदनमा दुई कक्षामा अध्यनरत अशोकले  लकडाउनको समयलाई सदुपयोग गर्दै ड्राईभरसंग ट्याक्टर चलाउन सिकेको बताए । उनी भन्छन,’ मैले ट्याक्टर चलाउन सिकेको एक बर्ष भयो ।’

अशोक आफैले टयाक्टर चलाएर धान पराल, गिट्टि ढुङ्गा चामल लगायतका सामान ढुवानीसम्मको काम गर्न  थालेपछी सबै दङ्ग पर्ने गरेका हुन । उनका बाबु प्रशान्त भण्डारी  आफ्नो छोराले सानो उमेरमै यति साहसका साथ् ट्याक्टर चलाएको देख्दा धेरै गर्भ महसुस गर्छन ।

मेसिन र औजारमा रुचि भएका कारण छोरालाइ पाईलट बनाउने चाहना उनको छ  ।  पढाइ पनि राम्रो भयो भने छोरोलाइ जे गरेर भएपनी पाईलट पढाएरै छोड्ने प्रशान्तले बताए ।

प्रतिक्रिया दिनुहोस्