माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय, फिल्म तथा जिम हल बन्द गर्ने सरकारको निर्णय



काठमाडौं,माघ २ । सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गराउने निर्णय भएको छ। त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी संचालन गर्नुपर्ने मापदण्ड तोकिएको छ। जथाभावी समानहरु छुन पनि रोक लगाउन निर्देशन दिएको छ।

त्यस्तै, पार्टी प्यालेसमा कूल क्षमता एक तिहाई मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी संचालन गर्न दिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्