फ्रान्समा एकै दिन ४ लाख ६४ हजार कोरोना संक्रमित थप



एजेन्सी,माघ ५ । फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाख ६४ हजार बढी कोरोना सङ्क्रमित थपिएका छन् । फ्रान्समा एकैदिन ठुलो मात्रामा थपिएको यो पहिलो विवरण हो ।

एजेन्सीको अनुसार अहिले करिब ४ हजार जना सङ्क्रमितको आइसियुमा उपचार भईरहेको छ । त्यस्तै, अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका छन् । फ्रान्समा केही दिनयता प्रतिदिन कोभिडका सङ्क्रमितको संख्या बृद्धि भएको छ ।

फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्