एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण



काठमाडौ,माघ ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ओलीका धर्ममत्नी राधिका शाक्यलाई समेत कोरोना संक्रमण भएको छ । एन्टिजेन र पीसीआर दुवै विधिबाट परीक्षण गर्दा ओली दम्पतीलाई कोरोना पोजेटिभ रिपोर्ट आएको श्रोतले जनाएको छ ।

सुरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि शनिबार पीसीआर परिक्षण गरिएको थियो । हाल उनीहरु दुवैजना आइसोलेसनमा बसेको बताइएको छ । यसअघि अध्यक्ष ओलीलाई कारोना संक्रमण भएको थिएन ।

ओलीलालाई कोरोना संक्रमण भएसँगै एमालेले आइतबार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित हुने भएको छ । कोरोनाको यो लहरले शीर्ष नेताहरुलाई पनि छोएको छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरुलाई पनि संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्