डोजरले झारेको ढुंगाले बोलेरो किच्दा तीन जनाको मृत्यु



ओखलढुंगा,माघ ९ । ओखलढुंगा लिब्जु-ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लंक श्रेष्ठले भिजनलाई जानकारी दिएका छन।

प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् ।मृतकहरुको पहिचान अहिले सम्म खुलेको छैन । घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्