बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
काठमाडौं,कात्तिक १८ । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
शपथपछि अर्थमन्त्री वाग्लेले थापालाई बिमा क्षेत्रको श्रेय वृद्धि तथा विकासका लागि निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिनुभएको छ ।

