कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु



चितवन,कात्तिक १८ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

२०८३ कात्तिक १८ गते दिउँसो करिब २ः३० बजे जलबिरे झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको हो ।

दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको साथबाट भारतको पश्चिम बंगाल, कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला कारमा चालक मात्रै सवार रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्