भक्तपुुरमा निसासिएर बालकको मृत्यु, आमा बुवाको अवस्था गम्भिर



काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार बेलुका अभिषेक र उनकी श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेका थिए ।

प्रहरीको अनुसार आइतबार बिहान अबेर सम्म पनि नउठेकोले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा फेला पारेका हुन् । तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको उपचारकै क्रममा आज बिहान तीन महिने बालकको मृत्यु भएको हो । त्यस्तै, बालकको आमा र बुवाको पनि अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्