एमालेका सल्लाहकारसहित ५ नेता नेकपा समाजवादीमा प्रवेश



धनगढी,माघ ९ । नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकारसहित ५ जना नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् । विगत लामो समयदेखि कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता तिलबहादुर साउद सहितले नेकपा समाजवादी रोजेका छन् ।

आइतबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता दीर्घ सोडारीले खाँदा दोसल्ला ओढाएर समाहित गराएका हुन् । यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल, लालबहादुर धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति नेकपा समाजवादीमा मात्रै भएकाले यो पार्टी रोजेको तिलबहादुर साउदले बताए ।

यस्तै नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै कैलाली इन्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टीप्रति आकर्षण बढेको बताए । प्रवेशीहरुको लहर चलेको समाजवादी अभियानमा आउने जोसुुकैलाई उचित जिम्मेवारी दिइने बताए ।

यस्तै समाहित कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले केपी ओलीको अहंकार र तानाशाही प्रवृत्तिका कारण पार्टीका पुराना नेता तथा कार्यकर्ता मूल पार्टी नेकपा समाजवादीमै आउने विश्वास गरिन् । कम्युनिष्ट पार्टीमा स्थापित नेताहरु विस्तारै समावादीसँग जोडिंदैछन् ।

प्रतिक्रिया दिनुहोस्