रेडक्रसद्धारा विपन्न परिवारलाई कम्बल वितरण



प्युठान,माघ ९ । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा प्यूठानले गरिब तथा बिपन्नको लागि कम्बल वितरण गरेको छ । अहिलेको चिसो मौषम तथा कोभिडको समस्यामा परेका बिपन्न बर्गको जर्जर आथिक अवस्थालाई मध्यनजर गरी सो परोपकार कार्य गरेको हो । प्राप्त जानकारी अनुसार जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जिल्लाको प्यूठान नगरपालिका वडा नं ३ मा रहेका ३ अति बिपन्न ,गरिब तथा अपाङग भएका ब्यक्तिको लागि कम्बल वितरण गरिएको जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले जानकारी दिए ।

प्यूठान नगरपालिका ३ विजयनगर,रातामाटामा निबासी मैते कुमाललाई २ थान कम्बल वितरण गरिएको हो । कुमाल पूर्ण दृष्ट्रिबिहिन रहेका छन । त्यस्तै बिजयनगरका ज्ञान बहादुर केएमलाई पनि २ थान कम्बल वितरण गरिएको छ । उनि २०७२ सालमा ट्याक्टर दुर्घटना परि अपाङग भएका थिए । त्यस्तै साँपडाडामा निबासी कलि सुनारलाई पनि कम्बल वितरण गरिएको छ । उनको श्रीमानको मृत्यु भैसकेको र छोरा पूर्ण अपाङ अबस्थामा रहेका छन ।

विपन्न तथा अशक्तता भएका व्यक्तिहरुको लागि चिसो मौसमबाट जोगिन थप मद्दत पुग्ने उद्देश्यले कम्बल वितरण गरिएको जिल्ला शाखा सभापति पुलामीले बताए ।

प्रतिक्रिया दिनुहोस्