कोरोना अपडेट: थप ६ हजार ४६२ जनामा संक्रमण, मृत्यु संख्या ४



काठमाडौँ, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २१ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ३७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आइतबार थप ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्