चितवनको टिकौलीमा नालीमा फस्दा गैंडाको ज्यान गयो



चितवन, माघ ९ । चितवनमा सडक निर्माण गरिरहेको स्थानमा फसेको गैंडाको मृत्यु भएको छ । चितवनको नारायणगढ पुल्चोकगोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर उक्त भाले गैंडाको मृत्यु भएको हो ।

चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको जनाइएको छ ।बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ ।

घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर खुलेको छैन । निकुञ्जको टोली घटनास्थलमा भर्खरै पुगेको छ । ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्