नुवाकोट थान्सिङ मरणपाटी बाटोका लागि पूर्वमन्त्री मैनालीद्वारा आर्थिक सहयोग



नुवाकोट,माघ ९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधीन मरणपाटी जाने बाटोको लागि नुवाकोट एमालेका अध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले थप आर्थिक सहयोग गरेका छन् ।

मध्यपहाडी लाेक मार्ग हुँदै दाहसंकारकाे लागि मरणपाटी जाने निर्माणधिन बाटाेका लागि पूर्व सांसद मैनालीले रु ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

स्थानीय युवाहरू सुमन भण्डारी, प्रकाश अधिकारी लगायतको सक्रियतामा निर्माण भैरहेको मरणपाटी जाने बाटो, शुद्ध पानीको धारा लगायत संरचना निर्माणका लागि हालसम्म देशविदेशबाट झन्डै ६ लाख रकम उठिसकेको बताइएको छ। पूर्व सांसद मैनालीले स्थानीय स्तरमा मरणपाटीसंगै किरियापुत्री आवास निर्माणका कुरा समेत आइरहेकाले थप सहयोग गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्