मकवानपुर मनहरी बिजौनामा सवारी दुर्घटना,चालकको मृत्यु



मकवानपुर,माघ १० । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आइतबार राति हेटौडाबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ ख ३६४० नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई मनहरी-७ बिजौनामा ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। 

घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतक पर्सा जिल्ला बागेश्वरी घर भएका ४१  बर्षीय  ओम प्रकाश गिरी भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्