सिन्धुलीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध



सिन्धुली,माघ १० । सिन्धुलीको दुधौली नगरपालिकामा ट्रकको ठक्करबाट तीन वर्षिया बालिकाको मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा दुधौली नगरपालिका ४ खनिया स्थित मदन भण्डारी राजमार्गमा ट्रकले ठक्कर दिँदा प्रेनिशा आले मगरको मृत्यु भएको हो ।

कमलामाई नगरपालिका ९ भिमानबाट कटारी तर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ०२८४ नम्बरको सिमेण्टी लोड गरेको १० चक्के ट्रकले मगरलाई ठक्कर दिएको थियो । बालिकाको घट्नास्थलमै मृत्यु भएको छ भने उनको शव हालसम्म पनि उठाइएको छैन ।

ठक्कर दिने ट्रक र मकवानपुर थाहा नगरपालिका ४ तिपेनिर्का ३२ वर्षिया ट्रक चालक रामेश्वर स्याङतानलाई नियन्त्रणमा लिई दुधौलीको बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा राखिएको छ । बालिकाको शव हालसम्म पनि उठाइएको छैन भने झण्डै दुई सयको संख्यामा रहेको समुहले मदनभण्डारी राजमार्ग सडक अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्