सुनचाँदीकाे भाउ स्थिर



काठमाडौं, माघ १० । साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ ।

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्