दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ,माघ १० । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ निवासी अरुण देबकोटाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने राम प्रसाद सापकोटा घाइते भएका छन् । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै घाइते सापकोटाको प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्