नुवाकोट ककनीको फुङ्फुङे झरना जान बन्दैछ आकर्षक सिढीयुक्त बाटो



नुवाकोट,माघ ११ । जिल्लाको ककनी गाउँपालिकामा रहेको फुङफुङे झरना आवतजावत सहजीकरणका लागि आकर्षक सिढीयुक्त बाटो निर्माण भैरहेको छ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सो झरना राष्ट्रिय स्तरमै चिनाउने उदेश्यका साथ झरनासम्म पुग्ने झण्डै १७ सय मिटर क्षेत्रमा सिढीयुक्त खुड्किला बनाउन लागिएको वडा नम्बर ४ का अध्यक्ष दिपेश लामा जिम्बाले बताए।

अध्यक्ष लामाका अनुसार पहिलो चरणमा ४ सय मिटर दुरी क्षेत्रमा खुड्किला बनाई सकिएको साथै वडा तथा युएनडिपीको साझेदारीमा पछिल्लो समय झण्डै १३ लाखको योजनामा थप खुड्किलायुक्त सिढी बनाउने काम भैरहेको छ ।

रानीपौवा- त्रिशुली सडक खण्ड तथा ककनी गाउँपालिका वडा नम्बर ४ को मूल सडक हुँदै झरना सम्म खुड्किला निर्माण सम्पन्न गरेसंगै आन्तरिक तथा वाह्य पर्यटकले झरना स्थलको साक्षात्कार गर्न सहज हुने गाउँपालिकाले अपेक्षा राखेको छ।

प्रतिक्रिया दिनुहोस्