सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?



काठमाडौं,माघ १२ ।  सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला  ४०० ले बढेर  ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९३ हजार ९०० कायम भएको छ ।

त्यसको मूल्य मङ्गलबार प्रतितोला  ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै बुधवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३०० कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधवार  सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्