नुवाकोटको समुन्द्रादेवी बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न



नुवाकोट,माघ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी कृषि सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार सो संस्थाको शाखा कार्यालय नजिकै रहेको जिटि रिसोर्टको नवनिर्मित भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारीका सेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियोे । व्यवसाय उत्थान सहकारीका अध्यक्ष जितेन्द्र बिष्टले ग्रामीण भेगमा सहकारीको स्थापनाले स्थानीयको जीवन उकास्न सहयोग पुर्‍याएको बताए । कार्यक्रममा स्थानीय अगुवा उतम बस्नेत, बिष्णु खड्का, राजु थापा, जनकराज कुवर, लक्ष्मण लामा, श्याम लामा, मंगलमाया प्रजापति लगायतको उपस्थिति रहेको थियोे ।

सहकारीको सो साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको नव अध्यक्षमा बिष्णु श्रेष्ठ, उपाध्यक्ष ज्ञानबहादुर तामाङ, रत्नमान सचिवमा राजन बस्नेत, कोषाध्यक्षमा ज्ञानु लामा चयन भएका छन् ।

कार्यसमितिको अन्य पदाधिकारीहरुमा बिष्णुमाया तामाङ, सुजन गुरुङ, सन्तकुमार तामाङ र बिष्णु तामाङ चयन भएका छन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विभिन्न आकर्षक योजनाहरु प्रस्तुत गरेका थिए । आगामी दिनमा सहकारीको कार्यालयबाट सेवाग्राहीलाई ईसेवा,आईएमई लगायत कृषि क्षेत्रमा विविध कृषि सुविधा, सुलभ मलबीउ बिजनको सेवा समेत वृद्धि गरिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्