नुवाकोट पञ्चकन्या ५३ लाख चोरी प्रकरण : वडा सचिवसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडाैँ,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरी प्रकरणले फेरि चर्चा पाउने भएको छ । ५३ लाख चोरी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेसंगै पुनः यस मुद्दाले चर्चा पाउने भएको हो ।

आयोगले शुक्रबार विशेष अदालत काठमाडाैँमा मुद्दा दयार गरेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन । वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रका विरूद्धमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले विज्ञप्तिमा भनेको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्