मल्टीपर्पस फाइनान्सले कमायो रू. ४६ लाख २७ हजार नाफा



काठमाडौं,माघ १५ । मल्टीपर्पस फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ लाख २७ हजार नाफा कमाएको हो । 

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २८ लाख ६४ हजार नाफा कमाएको थियो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६२ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडामा रू. १ करोड ३६ लाख, रिटेण्ड अर्निङमा रू. ५ करोड ६७ लाख ९९ हजार र शेयर प्रिमियममा रू. २ करोड १३ लाख सञ्चित गरेको हो । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव ३१ (वार्षिक), मूल्य आम्दानी अनुपात २०६ दशलमव ५८ र प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव ९५ रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्