घट्यो सुनको मूल्य, कति छ तोलाको भाउ ?



काठमाडौं,माघ १६ । साताको पहिलो कारोबार दिन आज ९आइतबार० नेपाली बजारमा सुनको भाउ घटेको छ ।

प्रति तोलामा ४०० रुपैयाँले घटी ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १५ रुपैयाँले घटी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्