फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ,माघ १८ । पेट्राेलियम पदार्थको मूल्य पुनः बढाइएको छ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको छ ।

नयाँ मूल्य अनुसार काठमाडाैं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ । त्यस्तै निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्