यस्तो छ आजको सुनचाँदीको मूल्य



काठमाडौं,माघ १९। बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७०० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै बुधबार चाँदी तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १२५५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी तोलाको १२४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्