नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त



काठमाडौं,माघ २१ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको गत माघ १७ गते बसेको बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले उनलाई नियुक्त गरेको हो ।

रिक्त पदका लागि माग गरिएको आवेदनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । 

छनोट समितिले पाँचमध्येबाट कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरिएको थियो । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

बजार सञ्चालक नेप्से पछिल्लो ६ महीनादेखि नेतृत्त्वविहिन अवस्थामा थियो । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । 

साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्