फेसबुकले एकै दिनमा गुमायो २ खर्ब ३० अर्ब डलर, जुकरबर्गको नेटवर्थ पनि ३१ अर्ब डलर घट्यो



अमेरिकी कम्पनीको इतिहासमा एकै दिन २ खर्ब डलर पूँजीकरण घटेको यो पहिलोपटक हो

एजेन्सी,माघ २२ । सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्मले बिहीबार एकै दिन २ सय ३० अर्ब डलर भन्दा धेरैको बजार पूँजीकरण गुमाएको छ ।

यो कुनै पनि अमेरिकी कम्पनीले एकै दिनमा गुमाएको अहिलेसम्मकै धेरै बजार पूँजीकरण हो । कम्पनीको त्रैमसिक तथ्यांक हेरेर लगानीकर्ताहरु निराश बनेपछि बिहीबार एकै दिनमा शेयर मूल्य २६ दशमलव ४ प्रतिशतले घटेको थियो । 

कम्पनीको शेयर मूल्य घटेसँगै यसका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको नेटवर्थ पनि ३१ अर्ब डलरले घटेको ब्लुम्बर्गको बिलेनियर इन्डेक्सले देखाएको छ । जुकरबर्गले बिहीबार गुमाएको नेटवर्थ इष्टोनियाको वार्षिक जीडीपी बराबर हो ।

तर त्यति धेरै सम्पत्ति गुमाएर पनि जुकरबर्ग विश्वका सर्वाधिक धनीमध्ये एकका रुपमा यथावत् छन् । बिलेनियर इन्डेक्सअनुसार जुकरबर्गको नेटवर्थ ९० अर्ब डलर छ । फेसबुकको दैनिक र मासिक सक्रिय प्रयोगकर्ता संख्या १८ वर्षको इतिहासमा पहिलो पटक प्रतिवेदन सार्वजनिक भएपछि लगानीकर्ताहरुमा निराशा छाएको थियो । 

प्रतिक्रिया दिनुहोस्