राजस्व छलेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा दायर, ५८ लाखभन्दा बढिको बिगो



काठमाडौं,माघ २४ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।     
     
 विभागले मकवानपुर जिल्ला, मनहरी–६ का विशाल राई, सिन्धुली जिल्ला, भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ जिल्ला, गजुरी–४ का सन्तोषी नेपाली, पर्सा जिला बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो ।     
     
 विभागले अभि ट्रेडर्स कलैया–७ बाराको गत मंसिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना ७ ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।     
     
 विभागले आरोपी ती सातै जनाविरुद्ध  ५८ लाख ७९ हजार ७४६ रुपैयाँ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्