३ अर्बसम्मको ठेक्का नेपाली निर्माण व्यवसायीले पाउने



काठमाडौं,माघ २५ । नेपाली निर्माण व्यवसायीले अब रू. ३ अर्बसम्ममा ठेक्का लिन पाउने भएका छन् । रू. १ अर्बको ठेक्का सिलिङ बढाएर सरकारले रू. ३ अर्ब पुर्‍याएको हो ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली निर्माण व्यवसायीको ठेक्का क्षमता वृद्धि गर्ने निर्णय गरेको छ । रू. १ अर्बमाथिका ठेक्कामा नेपाली निर्माण व्यवसायीले ज्वाइन्ट भेञ्चर (जेभी)मा मात्रै गर्न पाउँथे ।

सरकारको यो निर्णयसँगै अब नेपाली निर्माण व्यवसायीले उक्त रकम बराबरको ठेक्का अब जेभीविना नै लिन पाउनेछन् । नेपाल निर्माण व्यवसायी महासंघले लामो समयदेखि ठेक्का लिने क्षमता बढाउन सरकारसँग आग्रह गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्