एनसेलले घटायो लोकल कलको महसुल दर



काठमाडौं,फागुन १ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर १.९९ प्रतिमिनेटबाट घटाई प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ । प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न सुलभ हुनेछ  ।  

परिमार्जित नयाँ महसुल माघ २८ बाट लागू भएको कम्पनीले बताएको छ । नयाँ महसुल दरको लाभ लिन ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महसुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउनेछ । ग्राहकलाई विश्वस्तरीय सेवामा उत्कृष्ट मूल्य दिन पहल गरिरहेको एनसेलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्