आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?



काठमाडौं, फागुन २ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

आइतबार पनि सुन सोही मुल्यमा खरिद विक्रि भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मुल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्