अभिनेत्री रेखा थापाले जाजरकोटका पर्यटन व्यवसायी शाहीसँग गरिन् अदालती विवाह



काठमाडौं,फागुन २ । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् ।

उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले जनाएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो ।

यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । शाही भने पर्यटन व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्