नुवाकोटको खरानीटार बजार क्षेत्रमा आज चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने



नुवाकोट,कात्तिक १९ । नुवाकोटको तादी गाउँपालिका–३ स्थित खरानीटार बजार क्षेत्रमा बिहीबार चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार चौघडा सबस्टेसनबाट सञ्चालित खरानीटार फिडरअन्तर्गत आपत्कालीन मर्मतसम्भार तथा विद्युत् लाइन सुधार कार्य गर्न विद्युत् सेवा बन्द गर्न लागिएको हो ।

प्राधिकरणले आज बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म खरानीटार बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने जनाएको छ ।

निर्धारित समयभन्दा अगावै मर्मतसम्भार तथा सुधार कार्य सम्पन्न भएमा विद्युत् सेवा सोही समयदेखि सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्