नुवाकोट पञ्चकन्याको सामाजिक सुरक्षा भत्ता बट्टार र चौघडाबाट लिन सकिने



नुवाकोट,फागुन २ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ ।

सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुले गाउँपालिकाको विभिन्न दुई स्थानबाट भत्ता लिन सकिने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गाउँपालिकाको कार्यालयले जनाए अनुसार सुरक्षा भत्ता लिन बट्टारमा रहेको सिद्धार्थ बैंक तोकिए पनि छुटफुट नागरिकले वडा नम्बर १ र सोही बैंकबाट भत्ता लिन सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँको सामाजिक सुरक्षा भत्ता ५३ लाख दिनडहाडै हराएपछि गाउँपालिकाले बैंकिङ प्रणालीबाट वितरण गर्न थालेको छ । यता लाभग्राहीहरुले भने पहुँचको बैंकबाट भत्ता वितरण नगरिएको भन्दै चित्त दुखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्