एमसीसीकाे विरुद्ध प्यूठानमा सडक सम्वाद
प्युठान,फागुन ४ । एमसीसी संझौता बिरुद्व प्यूठानमा सडक सम्वाद कार्यक्रम भएको छ । ५ राजनीतिक दल र एक मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका बिच नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्यूठानले आज सडक सम्वाद कार्यक्रम आयोजना गरेको हो।
नेपाल वन्दलाई सिर्जनात्मक रुपमा सफल पार्नकाे लागि मात्र नभई एमसिसि सम्झौताका बिषयमा ब्यापक बहस गर्ने उद्देश्यले सडक सम्वाद कार्यक्रमकाे अायाेजना गरिएको युवा संगठन नेपाल लुम्बिनी प्रदेशका संयाेजक हरि बस्नेतले बताए।कार्यक्रमका सहभागीहरुले एमसिसि सम्झौता राष्ट्रघाती रहेकाेले जनस्तरवाट यस्को व्यापक बिरोध गर्नुपर्ने बताएका छन् ।
सम्वाद कार्यक्रममा नेकपा प्यूठानका पुर्व जिल्ला इन्चार्ज रत्न थापाले राष्ट्रघाती एमसिसि सम्झौतालाई जनस्तरबाटै खारेज गर्न अाम नागरिकलाई अाग्रह गरे

