करेन्ट लागेर पाल्पामा दाजुभाइको ज्यान गयो



पाल्पा,फागुन ५ । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ ।

तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्