आज प्रजातन्त्र दिवसः ५ सय १३ बन्दीले पाए आममाफी
काठमाडौं, फागुन ७ । आज प्रजातन्त्र दिवस । सो अवसरमा शनिबार ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् ।

