हाम्रो अडानले एमसीसी जस्ताको तस्तै अनुमोदन हुनबाट जोगियो : माधब नेपाल



काठमाडौं,फागुन १७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पहलका कारण अमेरिकी सहयोग परियोजना (एमसीसी) जस्ताको तस्तै अनुमोदन हुनबाट जोगिएको दाबी गरेका छन् । मंगलबार एमसीसी सम्झौताबारै पार्टीको अधिकारी धारणा सार्वजानिक गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले आफूहरुले व्याख्यात्मक घोषणसहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने बताए ।

उनले भने, ‘यदी हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तो अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्थ्यो । त्यसो हुनबाट जोगिएको छ । यसलाई हाम्रो पार्टीले दिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ ।’ देश, जनता, संविधान, व्यवस्था र जन चाहनाअनुसार नै व्याख्यात्मक घोषणासिहत एमसीसी अनुमोदन गरको अध्यक्ष नेपालले जारी विज्ञाप्तिमा भनिएको छ ‘। हाम्रो यो निर्णय, देश, जनता, संविधान र जन चाहनाको सम्मानसहित गरिएको निर्णय हो । यसले अहिले सञ्चालित एवम भविष्यमा समेत सञ्चालन हुने विकास परियोजनहरुलाई मार्ग निदर्शन गर्छ ।’

नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी समेत गर्दै तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको बताए । त्यो दिन माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेशीमा चढेको थियो । तर सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप समेत लगाएका छन् ।

सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरे तमासा देखाएको बताए । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’ आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दाबी गरे ।सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए । यस्तो बेलामा चिनको चासो स्वाभाविक भएको भन्दै आफूहरु असंलग्न परराष्ट्र नितिको पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्