आफ्नै आमाको हत्यारा छोरा नुवाकोट ककनीका बलामी पक्राउ



नुवाकोट,फागुन २९ । आफ्नै ६५ वर्षीया आमाको हत्या गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका-१ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्