तिहारमा टिपर सञ्चालनमा रोक



काभ्रेपलाञ्चोक,कात्तिक २० । तिहार पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाका बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।

सडकमा हुने सवारी चाप तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गरी यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माका अनुसार जिल्ला सुरक्षा समितिको २०८३ कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्