श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा



एजेन्सी, वैशाख २६ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामाले आर्थिक संकट समाधान हुने आशा समेत व्यक्त गरेका छन् । यसलाई सरकारविरोधीको चित्त बुझाउनका लागि चालिएको कदमका रुपमा हेरिएको छ ।

श्रीलंका यतिबेला इतिहासकै चरम आर्थिक संकटमा छन् । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट चुलिएको छ । खाद्य संकटले श्रीलंका समस्यामा परेको छ । पूर्वाधार विकासका लागि चीनसँग उसले अरबौं डलरको ऋण लिएको थियो । यसले पनि उसलाई संकटमा धकेल्यो ।श्रीलंकाले भारतसँग अरबौं डलर सहयोग लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्