मकवानपुरमा कांग्रेसको विजयी सुरुवात



मकवानपुर,वैशाख ३१ । मकवानपुरमा नेपाली कांग्रेसले इन्द्रसरोबर गाउँपालिका वडा नं. १ बाट विजयी सुरुवात गरेको छ ।

वडा नम्बर १ मा कांग्रेसका वडाअध्यक्षका उम्मेदवार शुबास थापा मगर ७४४ मतसहित बिजयी भएको इन्द्रसरोवरका निर्वाचन अधिकृत मुरारी मस्तीले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् ।

महिला र खुल्लामा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत बस्तीले जानकारी दिएका छन् । दलित महिला सदस्यमा भने एमालेबाट र्निविराध निवार्चित भएकी छन् । वडामा १६ सय ९३ मत खसेको थियो । यसअघि पनि यस वडामा कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्