नुवाकोट पञ्चकन्या चुनावी अपडेट: तेजबहादुर तामाङको अग्रता कायमै



नुवाकोट,वैशाख ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना भैरहेको छ । शनिबार मध्याह्नदेखि वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

कुल १३ सय ७७ मत खसेको वडा नम्बर १ मा हाल ५ सय मत मात्रै गणना भएको छ । सो गणनामा तेजबहादुर तामाङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो विवरण अनुसार गाउँपालिका प्रमुखमा काङ्ग्रेसबाट १८१ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रबाट प्रमुखमा २१० मत र नेकपा एमाले अध्यक्ष उमेदवारले ६० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षले भने २२ मत पाएका छन् ।

उपाध्यक्षमा काङ्ग्रेसलाई १७४, माओवादी केन्द्रलाई २०३, एमाले उपाध्यक्षलाई ६८ र राष्ट्रिय प्रजातन्त्रका उपाध्यक्षलाई २५ मत वडा नम्बर १ का नागरिकबाट पाएका छन् । त्यस्तै वडा अध्यक्षमा काङ्ग्रेसको वडागत उमेदवारलाई १८४, माओवादी केन्द्र वडा अध्यक्षका उमेदवारलाई १९९, एमालेका लागि ६८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडागत उम्मेदवारले २७ मत पाएका छन् । धेरैजसो मतदाताले गोलमोल फरकफरक चिन्हमा मत दिएकाले समय ज्यादा लागेको समेत निर्वाचन आयोगले जनाएको छ । कुल बद्दर संख्यामा माओवादी केन्द्रको २८, काङ्ग्रेसको २८ र एमालेको २३ मत बद्दर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्