नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा माधब सिटौला विजयी



नुवाकोट, जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका युवा नेता माधबप्रसाद सिटौला विजयी भएका छन् । सिटौलाले ७३० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी कृष्णप्रसाद पाण्डेले ६०४ मत प्राप्त गरेका छन् ।बच्छला माद्यामिक विद्यालय केन्द्रको मत गणना संगै सिटौला विजयी भएका हुन ।

सोही केन्द्रको मतले गाउँपालिकाका अध्यक्ष पद समेत छिनोफानो भएको हो । गाउँपालिकाका अध्यक्षमा तेजबहादुर तामाङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्