पाँच महीनामा झन्डै दुई लाख पर्यटक



मेको आगमन अघिल्लो महीनाको तुलनामा कम

काठमाडौं,जेठ २० । सन् २०२२ को पाँच महीनामा झन्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत जनवरीदेखि मेसम्ममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै १ लाख ९० हजार ७३९ विदेशी पर्यटक नेपाल आएका हुन् ।

मेमा ५३ हजार ६०८ विदेशी हवाईमार्गबाट नेपाल भित्रिएका छन् । अघिल्लो महीना अप्रिलमा ५८ हजार ३८४ पर्यटक हवाईमार्गबाट नेपाल आएको तथ्यांक छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करीब ७५ प्रतिशतले रिकभर भएको बताए । उनले पर्यटक बढ्नुमा बंगलादेश र यूरोपको योगदान बढी देखिएको पनि जानकारी दिएका छन् ।

साढे दुई वर्षअघि शुरू भएको कोरोना महामारीबाट सबैभन्दा बढी पर्यटन व्यवसाय प्रभावित भएको थियो । कोरोनाविरोधी खोप विकास भएर विश्वभर कोरोना संक्रमण कम भएपछि पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्