यस्तो छ आज सुनचाँदीको मूल्य



काठमाडौं,जेठ ३० । नेपाली बजारमा आज सोमबार सुनचाँदीकाे मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्