एक हजार ८ सयले घट्यो सुनको मूल्य



काठमाडौं,जेठ ३१ । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४ सय थियो ।आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २४५ कायम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्