भारतमा फोर जीभन्दा १० गुणा छिटो फाइभजी चाँडै आउने



एजेन्सी,असार १ । भारतमा चाँडै नै फाइभ जी इन्टरनेट सेवा आउने भएको छ । भारतको क्याबिनेटले फाइभजीसम्बन्धी प्रस्ताव अनुमोदन गर्ने भएको समाचार एजेन्सी एएनआईले लेखेको छ ।

फोजीभन्दा फाइभजी १० गुणा छिटो इन्टरनेट हो । फाभजी सेवाका लागि टेन्डर नै आव्हान गर्ने तयारी भइसकेको छ । आइटीमन्त्री अश्विनी वैशनवले फाइभजी स्पेकट्रमलाई इन्डियन टेलिकमको नयाँ युग भनेका छन् ।

वैष्णवले ट्वीट गर्दै आज भारतको फोजी प्रणालीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डियाको भिजन अगाडि बढाउने कदम भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्