सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो



काठमाडौं, असार २ । सयपत्री हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुल्ला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

कूल चुक्ता पूँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँ रहेको कम्पनीले ३० प्रतिशत वा ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि बिक्री गर्न लागेको हो ।

त्यस्तै, कम्पनीले बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको छ । १२ हजार कित्ता आईपीओ कर्मचारी र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्