नुवाकोट एकीकृत समाजवादीको बैठक सम्पन्न, गठबन्धन अफाप भएको टिप्पणी



नुवाकोट,असार ४ । नेकपा एकीकृत समाजवादी नुवाकाेट जिल्ला कमिटिकाे चाैथाे वैठक सम्पन्न भएको छ । बैठकमा चुनावी समीक्षा सहित विविध विषयमा व्यापक छलफल गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

वैठककाे अध्यक्षता जिल्ला कमिटी अध्यक्ष गाेविन्द नेपाली र प्रमुख आतिथ्य पाेेलिटव्युराे सदस्य राजेन्द्र लाेहनी रहेका थिए । बैठकमा सहभागीले गठबन्धन सोचेमुताविक नभएको टिप्पणी गरेका थिए ।

वैठकले विविध ५ वटा निर्णय समेत गरेको छ । कमिटीका निर्णय यसप्रकार रहेको छ ।

१.स्थानीय तहको निर्वाचन २०७९ मा सहभागी भई विजयी हुने तथा पराजय हुने उम्मेदवार, मतदानमा सहभागी हुने मतदातालाई धन्यवाद दिने निर्णय भयो ।

२. स्थानीय तहको निर्वाचन २०७९ मा भाग लिँदा पार्टी स्थापनाको छोटो समय भएकाले प्रतिष्पर्धाको लागि पार्टी कमिटि सक्षम भइनसकेको ।

३. गठबन्धन जुन मर्म र भावना अनुसार भएको थियो , सो अनुसार गठबन्धन नभएको ।

४.नेकपा माओवादी केन्द्रसँग भएको सीमित सीटमा भएको गठबन्धनमा माओवादी केन्द्र जिम्मेवार नभएको, प्रभावकारीता र इमान्दारिता कायम नगरेको ।

५.पुर्नसंगठित हुँदै प्रभावकारी ढंगबाट संगठन निर्माण गर्दै अघि बढ्ने निर्णय भयो ।

प्रतिक्रिया दिनुहोस्